जब सलमान खानको फिल्म रिलिज हुन्छ, त्यो समयमा बक्स अफिसमा अरु कुनै स्टार या निर्देशकको फिल्म उनीसँग भिड्दैनन् । सबैलाई यो पनि थाहा छ कि सलमानको अगाडि अर्को फिल्म टिक्दैन । चाहे त्यो सानो बजेटको फिल्म होस् या ठूलो बजेटको अथवा ठूला स्टारको या सानो स्टारको ।तर, सन् २०२३ केही फरक हुँदै छ । सलमानको आउन लागेको फिल्म ‘किसीका भाइ किसीकी जान’सँग भने उनको पूर्व प्रेमिका ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन सेल्वन २’ भिड्दैछ । यो पेन इण्डिया फिल्म ‘किसीका भाइ किसीकी जान’