कैलाली : जिल्लाको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्छन्। उनका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ। छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको छ।उनले भने, 'छोराले मोबाइल बढी चलाउने र किताब कम पढ्ने गर्न थालेको छ । कोरोना महामारीका बेला अनलाइनमा पढ्थ्यो, पछि लत लागेछ। आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ। उसले किताब छुनै मान्दैन, घर बाहिर साथीहरूसँग पनि खेल्दैन।'बालबालिकाको मो