तेस्रो स्थानका लागि भएको क्रोएसिया र मोरक्को बीचको खेलमा रोमाञ्चक सुरुवात भएको छ । खेलको सुरुवातमा नै दुई टोलीले एक–एक गोल गर्न सफल भएका हुन् ।सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएको दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका हुन् । मोरक्कोले पहिलोपटक सेमिफाइनल यात्रा गर्दै फ्रान्ससँग पराजित हुँदै तेस्रो स्थानका लागि भिड्न लागेको हो भने गत विश्वकपको फाइनलिस्ट क्रोएसियाले यसअघि सन् १९९८ मा तेस्रो स्थान हात पारेको थियो ।