मकवानपुरमा सत्तारुढ ५ दलीय गठबन्धनबीच भागबण्डा मिलाउन सकस परेको छ । बिहीबार राति अबेरसम्म हेटौंडामा बसेको जिल्लास्तरीय गठबन्धन बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच भागबण्डाका बारेमा सहमति हुन नसकेको हो ।दलहरुले मकवानपुरको हेटौंडा उपमहानगरपालिका बाहेकका पालिकाको नेतृत्वमा आ–आफ्नै दाबी कायम राख्दा भागबण्डामा समस्या परेको हो । बैठकमा मकवानपुरमा भागबण्डा गरेर जाने र त्यसका लागि केन्द्रले दिएको निर्देशन अनुसारको आधार र मापदण्ड अनुकुल गर्ने तयारी थियो ।