७ साउन, वीरगञ्ज । रौतहटको कटहरिया नगरपालिका-७, श्रीनगरकी एक महिलाको गर्भमा छैटौं सन्तान हुर्कंदै थियो । पाँचौं सन्तान शल्यक्रियाबाट जन्माइएकोले उनलाई फेरि अस्पताल पठाउनुपर्ने थियो, तर कटहरियाकै स्वास्थ्य संस्थामा सुत्केरी गराउने प्रयास गर्दा बच्चादानी फुट्यो । त्यसपछि उनलाई बाराको कलैया अस्पताल हुँदै गत असार ११ गते वीरगञ्जको नारायणी अस्पताल पुर्याइयो । त्यसबेलासम्म गर्भको बच्चा मरिसकेको […]