आमाबाबुले आफ्नो बच्चाको राम्रो नै होस् भनेर सोच्छन् र आफ्ना बच्चासँग जानीजानी केही गलत गर्न चाहँदैनन् । तर पनि आमा–बुवालाई थुप्रै पटक यस्तो लाग्छ कि उनीहरु जुन काम गरिरहेका छन्, त्यो बच्चाको भलाई र सुरक्षाका लागि नै गरिरहेका छन् तर त्यसको ठिक विपरित भइदिन्छ । कतिपटक त आमाबुबाको यस्तो व्यवहारका कारण नै बच्चा तनावमा हुन्छन् र उनीहरुबाट टाढा हुन सुरु हुन्छन् । बच्चाको मानसिक स्वास्थ्यमा पनि आमाबुबाको गल्तीले धेरै नै असर पर्ने गर्छ । त्यसैले तपाईंले आफ्नो बच्चाको अगाडि जे जति शब्द चयन गर्नुहुन