टाउकोमा रुमाल र कम्मरमा कसेर बाँधिएको पटुकी देखेँ। अनि त्यो सानो बच्चालाई हेरेँ। मलाई लाग्छ उनी हालसालै आमा बनेकी थिइन्। उनलाई हेरेर मलाई यस्तो लाग्यो, उनी बारीमा त्यो रोइरहेको आफ्नो बच्चाको भविष्य खोजिरहेकी थिइन्।
लोकप्रिय गायिका विष्णु माझीको ‘आइनँ आमा, यो तीजमा’ बोलको गीतले छोटो समयमै संसारभर रहेका नेपालीको मन मात्रै जितेको छैन, दशकौंदेखि नेपाली महिलाको पीडा र वेदनालाई अभिव्यक्त पनि गरेको छ । समयसँगै तीजको परिभाषा परिवर्तन हुँदै गएको छ, तर महिलाले दुःख, पीडा र व्यथा गीतमार्फत पोख्ने यो प्रचलन रोकिएको छैन र रोकिने पनि छैन ।
शरदमा खुलेको नीलो आकाश राम्रो कि त्यो नीलो क्यानभासमा कोरिएको बादलको बुट्टा ? पहिरोमा तानिएको बोटमा फुलीरहेको गुलाबको फूल राम्रो कि फूलका पत्रहरूमा अडिएका शीतका थोपा ? चरचरी चिरिएका हातको चित्र राम्रो कि तिनै हातले ओढाएको घरको छाना ? सात/आठवर्षे कलिलो उमेरमा खोपडी यस्तो सौन्दर्यचेत मनन गर्ने गरी हुर्किसकेकै थिएन । फूलबारीमा फुलेका गुलाबका फूलभन्दा बढी मलाई सुशीला मन पर्थी । उसो त मन पर्नुको परिभाषा पनि मैले बुझेको होइन, तर उसको सान्निध्य खूब रमाइलो लाग्थ्यो । कक्षामा हामी एउटै बेन्चमा बस्थ्यौं, सँगै खेल्थ्यौं ।
आमा जगत्कै परम पवित्र शब्द हो । संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो– आमा । आमा जननी, धरतीजस्ता पर्यायवाची शब्द हुँदाहुँदै पनि शब्दकोशमा यसको परिभाषा एउटै छ । आमा आफैँमा निर्मल निस्वार्थ माया मात्र नभई घाम हुँदा चाहिने छाया पनि हुन् । आमा शिक्षाको पहिलो हरफ, चेतनाको पहिलो ज्योति र साक्षरताकी खानी हुन् । आमा गल्तीलाई पनि सजिलै माफ गर्ने मोती हुन् । आमा भवसागर हुन्, जसको गहिराइ नाप्न कठिन छ ।
‘सिँगारले होइन कामले राम्री देखिन चाहने, हृदयमा उच्च विचार राख्ने,विलासिताको कुरामा ध्यानै नदिने,सुसंस्कार नै सक्कली गहना ठान्ने,घरमा कसैले फाल्टु कुरा गरेको वा कुरा काटेको देख्यो कि महाकाली उत्रने र घरको काँचुली फेर्न सघाउन सक्ने नै राम्रो खानदानी एवं अप्सरा भनिन थालेको छ। यस्तो कुरामा ध्यान दिएर खोज्नु है आमा।’
‘सिँगारले होइन कामले राम्री देखिन चाहने, हृदयमा उच्च विचार राख्ने,विलासिताको कुरामा ध्यानै नदिने,सुसंस्कार नै सक्कली गहना ठान्ने,घरमा कसैले फाल्टु कुरा गरेको वा कुरा काटेको देख्यो कि महाकाली उत्रने र घरको काँचुली फेर्न सघाउन सक्ने नै राम्रो खानदानी एवं अप...
प्रविधिसँगै हाम्रा खुसीहरु पनि साँघुरिँदै गएछन्। वर्षौं भएछ मेरो पुस्ताले सेलफोनेमै खुसी खोज्दै हिँडेको, आमा-बुवाका वचन बेवास्ता गर्दै हिँडेको, इन्टरनेट नै सर्वश्व ठान्दै हिँडेको। सायद समय, प्रविधि अनि पुस्तासँगै खुसी तथा 'कन्टेनमेन्ट'को परिभाषा फेरिँदो हो।
प्रेमको परिभाषा आयमिक छ । प्रेमको प्रारुप पनि फरक फरक हुन्छ । आमा र बच्चाबीचको प्रेम, मान्छे–मान्छेबीचको प्रेम, वैशालु जोडीबीचको प्रेम । प्रेमको अनुभूतिमा पनि एकरुपता हुँदैन । कुनै प्रेम रोमाञ्चक र आनन्ददायक हुन्छ भने कुनै प्रेम पीडादायी पनि । प्रेमको पहिलो प्रकार : चलचित्रको जस्तो प्रेम यो त्यस प्रकारको माया हो, जुन हामी चलचित्रमा […]
लोकप्रिय गायिका विष्णु माझीको ‘आइनँ आमा, यो तीजमा’ बोलको गीतले छोटो समयमै संसारभर रहेका नेपालीको मन मात्रै जितेको छैन, दशकौंदेखि नेपाली महिलाको पीडा र वेदनालाई अभिव्यक्त पनि गरेको छ । समयसँगै तीजको परिभाषा परिवर्तन हुँदै गएको छ, तर महिलाले दुःख, पीडा र व्यथा गीतमार्फत पोख्ने यो प्रचलन रोकिएको छैन र रोकिने पनि छैन ।
नेपाल विश्वको मानचित्रमा कही कतै हराएजस्तो देश। सुन्दर शान्त विशाल भन्छौ हामी । सुन्दर अवश्य पनि अतिनै सुन्दर । शान्त ,यो शब्दको परिभाषा त्यति दिन आउँदैन मलाई। खै कस्तोलाई शान्त भनु बेला बेलामा अशान्तिका ज्वालाहरु उदाउने देश कहिले कृतिम त कहिले प्राकृतिक अशान्ति। अहिले नेपाल आमा साच्चिकै रोएकी छन्, अशान्ति नै अशान्तले छाएको छ देशभरी…