प्रदेश १ मा ५ वर्षमा कति भवन बने ?

प्रदेश १ सरकारको पहिलो कार्यकाल सकिन लाग्दा विकास निर्माण तथा भौतिक प्रगति कति भयो भन्ने विषय समीक्षा सुरु भएको छ । प्रदेशसभामा सांसदहरुले पनि प्रदेश आएपछिको परिवर्तन के भयो भन्दै जानकारी गराउन प्रदेश सरकारलाई दबाब दिइरहेका छन् । प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार शहरी विकास तथा भवन निर्माण कार्यालय अन्तर्गत प्रदेशले हालसम्म ११ वटा बहुवर्षे भवनहरु निर्माण सम्पन्न गरेको छ । अन्य ४५ वटा भवनहरु भने निर्माणको अन्तिम चरणमा छन् । प्रदेश सरकारले शहरी विकास तथ

सम्बन्धित सामग्री

प्रदेश १ प्रदेश सभाको पाँच वर्षको खर्च १ अर्ब २ करोड

१४ पुस, विराटनगर । प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालमा एक अर्ब २ करोड ७० लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । पाँच वर्षको अवधीमा सांसद ,कर्मचारीको तलब भत्ता र भवन निर्माण, सवारी खरिद, मर्मत सम्भारलगायत शीर्षकमा एक अर्ब २ करोड ७० लाख ३४ हजार ८०६ रुपैयाँ खर्च भएको हो । प्रदेश सभा सचिवालयको […]

अस्पताल भवन उद्घाटन गर्न पुगेका प्रदेश–१ का स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

मोरङ – उर्लाबारी नगरपालिकास्थित एक अस्पतालको भवन उद्घाटनका क्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको विरोध भएको छ। नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटनका क्रममा आइतबार स्वास्थ्यमन्त्री यादवलाई केही युवा समूहले कालो झण्डा प्रदर्शन गरेका थिए। भवन निर्माणका क्रममा अनियमितता भएको विरोधमा स्थानीय मंगलबारे युवा क्लबका पदाधिकारीहरुले मन्त्री यादवको […]

प्रदेश १ को संसद् बैठक बस्दै

प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामबिहीन छ । पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रद

प्रधानमन्त्री प्रदेश १ का तीन जिल्लामा पुग्ने

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार मोरङलगायतका तीन जिल्लाको कार्यक्रममा सहभागी हुन प्रदेश १ आउने भएका छन् । प्रधानमन्त्री देउवाले मोरङको सुन्दर हरैंचा नगरपालिका नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्ने, सोही वडाको बुधबारेमा रहेको कृषि बजारको भवन शिलान्यास गर्ने तथा वडा नम्बर १ को सुन्दर हरैंचा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ । जसका लागि देउवा हेलिकप्टर चढेर आउनेछन् । सुन्दरहरैंचाको कार्यक्रम सकेपछि प्रधानमन्त्री पाँचथर जाने र त्यसपछ

१ करोड ५१ लाख रुपैंयामा बनाइएको भवन [तस्वीर]

पाँचथरको मिक्लाजुङ गाँउपालिका-५ कुरुम्बामा निर्माण गरिएको सामुदायिक भवन । प्रदेश १ सरकारको १ करोड ५१ लाख रुपैंयामा निर्माण गरिएको हो । ३ सय जना अट्ने हल सहितको यो भवनमा मिक्लाजुङ ५ को वडा कार्यलय समेत रहने छ । फागुनको पहिलो साता प्रदेश १ सरकारले स्थानीय तहलाई यो भवन हस्तान्तरण गर्दै छ ।

प्रदेश १ का मुख्यमन्त्री राई बल्ल सरे सरकारी निवासमा

प्रदेश १ का मुख्यमन्त्री बनेको डेढ महिनापछि राजेन्द्रकुमार राई मुख्यमन्त्रीको सरकारी निवासमा सरेका छन् । मुख्यमन्त्री राईले विराटनगरस्थित सुनसरी मोरङ सिञ्चाई आयोजनाको भवनलाई सरकारी निवासका रुपमा प्रयोग  गरेका हुन् । सो भवन केही समयदेखि खाली थियो ।पुरानो सो भवनलाई आवश्यक मर्मतसम्हार गरेपछि मुख्यमन्त्री राईले आफ्नो सरकारी निवासका रुपमा प्रयोग गरेका हुन् । उनले पूर्व मुख्यमन्त्री शेरधन राईको पालामा काठमाडौंमा खोलिएको मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई बन्द गरी त्यहाँ रहेका फर्निचर ल्याएर आफ्नो

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ

काठमाण्डाै – प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।  आज बिहीवार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६७ बमाेजिम प्रदेश प्रमुखहरूलाई पद तथा गाेपनीयताकाे शपग गराउनुभएकाे राष्ट्रपति कार्यालकाे विज्ञप्तिमा उल्लेख छ ।  मन्त्रिपरिषद् बैठकको सिफारिसमा गएकाे...

प्रदेश १ को संसद् भवन तयार

विराटनगर । २ करोड ५९ लाख रुपैयाँ लागतमा प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशसभाको नयाँ भवन निर्माण सम्पन्न भएको छ । साविक जिल्ला विकास समितिको सभाहललाई यसअघि प्रदेश संसद् भवनको रूपमा प्रयोग गरिँदै आएको थियो । असोज २२ गते संसद्को पहिलो बैंठक नयाँ भवनमा बस्दै छ । प्रदेशसभा सञ्चालन भएको साढे ३ वर्षपछि बनेको नयाँ भवनको बुधवार प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले उद्घाटन गरेका छन् । भवन निर्माणका लागि श्री स्वामीनारायण निर्माण सेवा धरानले २०७८ वैशाख ३० गतेसम्ममा काम सक्नेगरी सम्झौता गरेको थियो । निर्माण सम्पन्न भएसँगै १६ लाख रुपैयाँको फर्निचर, १६ लाख रुपैयाँको साउण्ड सिस्टम खरीदका साथै १७ लाख रुपैयाँ खर्चेर आन्तरिक सजावट गरिएको छ । प्रदेशसभा सदस्यहरूले प्रदेशसभाको भवन साँघुरो भएको विषय उठाउन थालेपछि २०७७ असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले नयाँ भवनको शिलान्यास गरेका थिए । भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानीमा रहने प्रादेशिक कार्यालयको संरचना निर्माणका लागि जग्गाको खोजीमा सरकार लागेको बताएका छन् । आचार्य विराटनगरमा राजधानी हुनु हुँदैन भन्ने पक्षमा यसअघि लबिङ गर्ने प्रदेशसभा सदस्य हुन् । ‘हामीले जग्गा खोजीका लागि समिति निर्माण गरेर कामको शुरुआत गरेका छौं,’ उनले भने, ‘संसद्ले गरेको निर्णयको आधारमा राजधानीका संरचना निर्माण कहाँ गर्ने भन्ने विषयमा छिट्टै टुंगो लाग्नेछ ।’ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नवनिर्मित भवनमा सभामुखबाहेक ९२ जना सांसद बस्न छुट्टाछुट्टै टेबल कुर्सीको व्यवस्था गरिएको छ । नयाँ भवनमा सभामुख र रोष्ट्रम भएको क्षेत्रलाई समेत फराकिलो बनाइएको छ । साथै पत्रकार र अन्य मन्त्रालयगत कर्मचारीका लागि पूरै संसद् देखिनेगरी हलको माथिल्लो भागमा बस्ने व्यवस्था मिलाइएको छ । दर्शकदीर्घामा ४० जना अट्ने क्षमता छ, जसमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारका लागि २० र अन्य मन्त्रालयगत कर्मचारी तथा सम्बन्धित व्यक्तिका लागि २० ओटा सीटको व्यवस्था मिलाइएको छ । नयाँ भवनमा टेबल कुर्सी राखेसँगै सांसदलाई कुनै कुरामा समर्थन गर्नुपरे टेबुल बजाउन सजिलो भएको छ । यसअघि कुर्सीको अघिल्तिर टेबुल र माइक थिएन । अहिले टेबुलमै माइक जडान छ ।

प्रदेश १ मा अढाइ करोडमा बनेको प्रदेशसभा भवनमा छैन शौचालय

विराटनगर । प्रदेश १ मा नवनिर्मित प्रदेशसभा भवनको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बीच मुख्यमन्त्री भीम आचार्यले दुई करोड ५९ लाख रुपैयाँको लागतमा निर्मित प्रदेशसभा भवनको उद्घाटन गरेका हुन् । नयाँ भवनमा प्रदेशसभाको दिउँदे अधिवेशन शुरु हुँदैछ । नवौं हिउँदे अधिवेशनका लागि असोज २२ गते बैठक आह्वान गरिएको छ । भवन निर्माणको ठेक्का […]

प्रदेश १ का मुख्यमन्त्रीको प्रस्ताव : दशैंपछि संयुक्त सरकार बनाऔं

२० असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न आग्रह गरेका छन् । बुधबार प्रदेश १ को प्रदेशसभा भवन उद्घाटन गर्दै उनले संयुक्त सरकार बनाउन आग्रह गरेका हुन् । ‘आउनुहोस्, सबैको सहमतिको सरकार बनाएर जाउँ, लडाइँ झगडा तछाडमछाड शब्दका वाण यी सबैको के जरुरी पर्‍यो,’ उनले भने, ‘दशैंमा […]