प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार मोरङलगायतका तीन जिल्लाको कार्यक्रममा सहभागी हुन प्रदेश १ आउने भएका छन् । प्रधानमन्त्री देउवाले मोरङको सुन्दर हरैंचा नगरपालिका नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्ने, सोही वडाको बुधबारेमा रहेको कृषि बजारको भवन शिलान्यास गर्ने तथा वडा नम्बर १ को सुन्दर हरैंचा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ । जसका लागि देउवा हेलिकप्टर चढेर आउनेछन् । सुन्दरहरैंचाको कार्यक्रम सकेपछि प्रधानमन्त्री पाँचथर जाने र त्यसपछ