प्रदेश १ का मुख्यमन्त्री बनेको डेढ महिनापछि राजेन्द्रकुमार राई मुख्यमन्त्रीको सरकारी निवासमा सरेका छन् । मुख्यमन्त्री राईले विराटनगरस्थित सुनसरी मोरङ सिञ्चाई आयोजनाको भवनलाई सरकारी निवासका रुपमा प्रयोग गरेका हुन् । सो भवन केही समयदेखि खाली थियो ।पुरानो सो भवनलाई आवश्यक मर्मतसम्हार गरेपछि मुख्यमन्त्री राईले आफ्नो सरकारी निवासका रुपमा प्रयोग गरेका हुन् । उनले पूर्व मुख्यमन्त्री शेरधन राईको पालामा काठमाडौंमा खोलिएको मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई बन्द गरी त्यहाँ रहेका फर्निचर ल्याएर आफ्नो