काठमाडौं : प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। नक्कली शरणार्थी प्रकरणमा हाई प्रोफाइल नेताहरूकै नाम जोडिएको घटनापछि उनीहरूको यो दोस्रो भेटवार्ता हो। भेटपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले आफूले नक्कली शरणार्थीमा मुछिएका व्यक्तिलाई जोगाउन कुनै कसरत नगरेको आसय व्यक्त गरे। अभियुक्तलाई जोगाउन लागिरहनुभएको हल्ला छ नि! भन्ने प्रश्नमा उनले भने, ‘तपाईंहरुलाई विश्वास लाग्यो? के