काठमाण्डाै – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरूप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समीक्षा हुनुपर्ने बताउनुभएकाे छ । आज (बिहीवार) काठमाण्डौको रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठिक हुने र आफूहरूले मान्दा कसरी बेठिक हुने भनेर प्रश्न गर्नुभएकाे छ । उहाँले भन्नुभयाे, ‘प्रचण्डले तीन वर्ष ओलीलाई नेता मान्दा ठिक हुने अनि हामीले मान्दा बेठिक भयो त ?’ उहाँले आफूहरूले पदका लागि ...