नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्यशैलीका कारण पार्टी कमजोर हँुदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताए । काठमाडौमा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाममात्रैको महाध