गुल्मी : करेन्ट लागेर मृत्यु भएका मदाने गाउँपालिका–१ का १८ वर्षीय विक्रम राउतको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको छ।नेपाल विद्युत् प्राधिकरणले पीडित परिवारलाई राहत स्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। साथै‚ प्राधिकरणमा करार कर्मचारी राख्दा पीडितको परिवारलाई प्राथमिकता दिन आग्रह गरिएको उनले बताइन्। प्रजिअ शर्माले बिजुलीका तारलाई व्यवस्थित गर्न पनि प्राधिकरणलाई निर्देशन दिएको बताइन्।प्रज