सर्वोच्च अदालतले नेकपा एकीकरणलाई बदर गरिदिएपछि संघीय संसदमा दलहरूको समीकरण फेरबदल भएको छ ।
सर्वोच्चले २०७५ जेठ ३ गते पार्टी एकता हुनुअघिको अवस्थामा फर्काएपछि संसदमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ ।
प्रतिनिधि सभामा एमालेका ८० प्रत्यक्ष र ४१ समानुपातिक गरी १ सय २१ सांसद छन् ।
समानुपातिक सांसद सानु सिवाको निधन भएका कारण अहिले प्रतिनिधि सभामा एमालेका १२० सांसद छन् ।
साविकमा पनि एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुन् ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ६३ सांसद छन् । विजयक...