लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि नेकपा एमाले नेतृत्वको प्रदेश सरकारको संख्या २ मा झरेको छ ।
संघीय संसद् र ७ मध्ये ६ वटा प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा खुम्चिन पुगेको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ एमाले र माओवादी केन्द्रबीचको एकतालाई बदर गरिदिँदा संघ र ४ वटा प्रदेशमा एमाले नेतृत्वको सरकार थियो ।
त्यसको ५ महिना पछाडि आइपुग्दा बाग्मती र प्रदेश १ मा मात्र एमाले नेतृत्वको सरकार बाँकी छ ।
दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेका तत्कालीन प्रधानमन्त्री...