काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका लागि फर्निचरलगायतका सामान खरिदमा हिनामिना गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामान खरिद नगरी, हिनामिना गरेको सामानको दाखिला […]