खाँदबारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं : संखुवासभाको खाँदबारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित ६ जनामाथि भ्रष्टाचारको आरोप लागेको छ।खाँदबारी-६ हिगुवा महानन्द चोक हुँदै थलेडाँडा-बर्खेडाँडा सडकखण्ड निर्माणका लागि विनियोजित रकममा ३ लाख ७४ हजार १२७ रूपैयाँ अनियमितता गरेको पुष्टि गर्दै अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरौला, तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र सब-इन्जिनियर मनोजकुमार चापागाईलाई प्रतिवा