कर्मचारीमा कोरोना देखिएपछि पाल्पा जिल्ला प्रशासनको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ ।  कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य सङ्कट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तीमार्फत जानकारी दिएका छन् । आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित सामग्री

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय रसुवाको सेवा स्थगित

रसुवा - जिल्ला प्रशासन कार्यालय रसुवाले आजदेखि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयका प्रायजसाे कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा चार दिनका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।   नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावल...

कर्मचारीमा कोरोना : काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँच दिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने  जनाइएको छ । कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन् । सङ्क्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सार्वजनिकस्थलमा भीडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा

कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित

कैलाली–कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ । अत्यावश्यक सेवा लिन […]

कोरोनाका कारण कैलाली जिल्ला प्रशासनको सेवा स्थगित

कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवा स्थगित

- कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवा स्थगित

कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार भोलि माघ ८ गतेदेखि १४ गतेसम्म कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् ।  सूचनामा भनिएको छ ‘यस कार्यालयका केही कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टी भई हाल सुरक्षित रुपमा होम आईशोलेसनमा रहनुभएको र कार्यालयका अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्ने विभिन्न लक्षणहर

कर्मचारीमा कोरोना देखिएपछि मकवानपुरको सीडीओ कार्यालयद्वारा सेवा स्थगित

हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतवारदेखि आफ्नो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ। प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसँगै माघ ९ गते आइतवारबाट माघ १४ गते शुक्रवारसम्मलाई अत्यावश्यक बाहेकका सम्पूण सेवा बन्द गर्ने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले…

काठमाडौं प्रशासनमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सोमवारदेखि अत्यावश्यक बाहेकका सबै सेवाहरू स्थगित गरेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले अत्यावश्यक बाहेकका सेवाहरू वैशाख १३ गतेदेखि २० गतेसम्मका लागि स्थगित गरिएको बताए । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि परीक्षण गर्नुपर्ने भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको उनले बताए । यसबाहेक भीडभाड हुने अन्य कार्यालयमा पनि सेवा प्रवाहका वैकल्पिक विधि अपनाउन आग्रह गर...