कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार भोलि माघ ८ गतेदेखि १४ गतेसम्म कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् । सूचनामा भनिएको छ ‘यस कार्यालयका केही कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टी भई हाल सुरक्षित रुपमा होम आईशोलेसनमा रहनुभएको र कार्यालयका अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्ने विभिन्न लक्षणहर