जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सोमवारदेखि अत्यावश्यक बाहेकका सबै सेवाहरू स्थगित गरेको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले अत्यावश्यक बाहेकका सेवाहरू वैशाख १३ गतेदेखि २० गतेसम्मका लागि स्थगित गरिएको बताए ।
कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि परीक्षण गर्नुपर्ने भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको उनले बताए ।
यसबाहेक भीडभाड हुने अन्य कार्यालयमा पनि सेवा प्रवाहका वैकल्पिक विधि अपनाउन आग्रह गर...