हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतवारदेखि आफ्नो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ।
प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसँगै माघ ९ गते आइतवारबाट माघ १४ गते शुक्रवारसम्मलाई अत्यावश्यक बाहेकका सम्पूण सेवा बन्द गर्ने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले…