काठमाडौं : राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। आज कार्यालय समयदेखि कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको हो।कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आईपीओ बिक्रीमा ल्याएको हो।यसमध्ये ५ % अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट