काठमाडौं : धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। यो मध्ये ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा साउन २९ गतेसम्म आवेदन द