भारत विरुद्धको विश्व टेष्ट च्याम्पियनसिपका लागि न्युजिल्याण्ड टोलीको घोषणा

न्युजिल्याण्डले भारत बिरुद्धको विश्व टेष्ट च्याम्पियनशीपका लागि टोलिका सदस्यहरुको अन्तिम रुप दिएको छ । १५ सदस्यीय टोलिमा नियमित कप्तान केन विलियम्सन फित्र्ता हुनुभएको छ । विकेटकीपर बीजे वाटलिङ्ग टोलिमा पुनरागमन गर्नुभएको छ । विलियम्सन र वाटलिङ्गले इंग्ल्याण्ड बिरुद्धको दोस्रो टेष्ट खेलमा अनुपस्थित थिए । लयलाई लिएर उतारचढाबमा रहेका वाटलिङ्गको विश्व टेष्ट च्याम्पियन अन्तिम खेल हुनेछ । टोलिका सदस्यहरुमा टम ब्ल्न्डेल, ट्रेन्ट बौल्ट, डेभन कोनवे, कलिन डे ग्रान्डहम, म्याट्ट हेनरी, कायल जमीन्सन, टम लाथम, हेनरी निकोलास, एजाज पटेल रहेका छन् । त्यसैगरी, टिम साउदी, रोस टेलर, नैल वाग्नर र विल योङ्ग १५ सदस्यीट टोलिमा अटाएका छन् ।

सम्बन्धित सामग्री

छैठाैं विश्व नेवा: दिवस मनाइँदै

काठमाण्डाै – विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर छैठौं विश्व नेवाः दिवस मनाउँदैछन् । नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा नेपाल, अमेरिका, संयुक्त अधिराज्य, भारत, जापान, बेल्जियम, न्युजिल्याण्ड लगायतका देशमा रहेको च्याप्टरले विभिन्न कार्यक्रम गर्ने व...

नेपाल आईसीसीको एकदिवसीय वरीयतामा माथि उक्लियो

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरीयतामा नेपाल माथि उक्लेको छ । आईसीसीले मङ्गलबार जारी गरेको अन्तर्राष्ट्रिय एकदिवसीयको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १६ औं स्थानमा रहेको थियो । न्युजिल्याण्ड भने पहिलो वरीयतामा यथावत छ । दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौथोमा भारत, पाँचौंमा दक्षिण अफ्रिका र छैठौंमा पाकिस्तान छ । नयाँ वरीयतामा बङ्गलादेश सातौं, वेष्टइन्डिज आठौं, श्रीलङ्का ९ औं र अफगानिस्तान १० औं स्थानमा छ । नेदरल्याण्ड्स ११ औं, आयरल्याण्ड १२ औं, जिम्बाबवे १३ औं र स्कटल्याण्ड १४ औं स्थानमा छ ।

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई, भारत ८ विकेटले पराजित

काठमाण्डाै – पहिलो विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । भारतलाई आठ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियनसिपको उपाधि जित्न सफल भएकाे हाे । इङ्ल्याण्डको साउथ ह्याम्प्टनमा भारतले दिएको एक सय ३९ रनको लक्ष्य न्युजिल्याण्डले दुई विकेट गुमाएर भेटायो । उसका लागि केन विलियम्सनले नटआउट ५२ र रोस टेलरले ४७ रन बनाए । यसअघि दोस्रो पालीमा भारत एक सय ७० रनमा अलआउट भएपछि न्युजिल्याण्डले सजिलो लक्ष्य पाएको थियो । भारतलाई थोरै रनमा अलआउट गर्न न्युजिल्याण्डका टिम साउथीले चार विकेट ल...

भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन

काठमाडौं । न्युजिल्यान्डले पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियन बनको छ । फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो । बुधबार दोस्रो इनिङ्समा भारत १७० रन जोड्दा अलआउट भएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पाएको थियो  । साउथह्याम्पटनमा सामान्य लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर पूरा गर्‍याे...

चौथो दिनको खेल पनि ‘वाश आउट’, भारत र न्युजिल्याण्ड निराश

भारत र न्युजिल्याण्डबीचको टेष्ट खेलको चौथो दिन पनि ‘वाश आउट’ भएको छ । विश्व टेष्ट च्याम्पियनशीपको उपाधिको लागि भइरहेको खेलको चौथो दिनमा समेत निरन्तर पानी परेपछि एक बल पनि फाल्न सम्भब भएन । दुई देशबीचको पहिलो दिनको खेल समेत वर्षाले पूर्णरुपमा अबरुद्ध हुन पुग्यो । चार दिनमा दुई दिनको खेल मात्रै सम्भब भएपछि दुबै टोलिका कप्तान निराश देखिएका छन् । प्रशंसक भने टेष्ट च्याम्पियनशीपको उद्घाटन खेल नै नराम्ररी प्रभाबित हुँदा अझै बढी निराश देखिएका छन् ।

विश्व टेष्ट च्याम्पियनसिपमा भारतविरुद्ध न्युजिल्याण्ड बलियो स्थितिमा

विश्व टेष्ट च्याम्पियनशीपमा न्युजिल्याण्ड भारत विरुद्ध बलियो स्थितिमा पुगेको छ । भारत पहिलो पारीमा २१७ रनमा समेटिएको जवाफमा न्युजिल्याण्डले चौथो दिनको खेल दुई विकेटको क्षतिमा १०१ रनबाट अगाडि बढाउनेछ । ऊ पहिलो पारीमा अझै ११६ रनले पछाडि छ । यद्दपी उसको आठ विकेट बाँकी नै छ । कप्तान केन विलियम्सनले १२ र रोस टेलरले शून्य रनबाट दिनको खेल अगाडि बढाउनेछन् । टम लाथमले ३० र डेभोन कोनवले अद्र्धशतकीय पारी खेलेर न्युजिल्याण्डलाई गतिलो सुरुवात दिलाए । दुबैजनाले ७० रनको सुरुवाती साझेदारी गरे । भारतका लागि रबिचन्द्रन आश्विन र इशान्त शर्माले एक एक विकेट लिए ।

च्याम्पियनसिप फाइनलका लागि भारतको प्लेइङ ११ घोषणा, को को परे?

काठमाडौं : टेष्ट क्रिकेटको इतिहासमा पहिलो आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल भोलिदेखि सुरु हुँदै छ। फाइनलमा भारत र न्युजिल्याण्ड खेल्दै छन्। यी दुई देशबीचको फाइनल खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि साउथेम्प्टनमा सुरु हुनेछ। उत्कृष्ट लयमा रहेका दुवै टोलीबीचको फाइनल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। फाइनलका लागि भारतले प्लेइङ–११ घोषणा गरेको छ। बिहीबार साँझ बिसिसीआईले विराट कोहलीको कप्तानीमा प्लेइङ–११ घोषणा गरेको हो। रोहित शर्मा र शुभमन गिलले ओपनिङ गर्नेछन्। त्यस्तै, चेतेश्वर प...

टेष्ट च्याम्पियनशीप तालिकामा भारत दोस्रो स्थानमा उक्लियो

इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेलमा जितसँगै भारत आईसीसी विश्व टेष्ट च्याम्पियनशीपको दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत छ । भारतले दोस्रो टेष्ट खेलमा इंग्ल्याण्डमाथि ३१७ रनको फराकिलो अन्तरको जित हात पारेको हो । उसले अङ्कतालिकामा शीर्ष स्थानको न्युजिल्याण्डभन्दा पनि बढी अङ्क बटुलेको छ । तर उसले न्युजिल्याण्डभन्दा बढी श्रृखंला खेलेको छ । न्युजिल्याण्डको जित प्रतिशत बढी छ । न्युजिल्याण्डले ७० प्रतिशत खेलमा जित हात पारेको छ ।

न्युजिल्याण्ड विश्व टेष्ट च्याम्पियनशीपको फाइनलमा पुग्यो

न्युजिल्याण्ड क्रिकेट टोलि विश्व टेष्ट च्याम्पियनशीपको फाइनलमा स्थान सुनिश्चित गरेको छ । यसैवर्षको जुन महिनामा लर्ड्स क्रिकेट ग्राउन्डमा विश्व टेष्ट च्याम्पियनशीपको फाइनल हुँदैछ । फाइनल खेल जुन १८ देखि २२ सम्म हुनेछ । दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको टेष्ट श्रृखंला स्थगित भएपछि विश्व टेष्ट च्याम्पियनशीपमा पुग्ने न्युजिल्याण्ड पहिलो टोलि बन्न पुगेको छ । न्युजिल्याण्ड हाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) विश्व टेष्ट च्याम्पियनशीप तालिकाको दोस्रो स्थानमा छ । तर अङ्क प्रतिशतको आधारमा ऊ फाइनलको लागि स्थान सुनिश्चित गरेको हो । फाइनलमा न्युजिल्याण्डले भारत, इंग्ल्याण्ड वा अष्ट्रेलिया मध्ये कुनै एक टोलिको सामना गर्नेछ ।