अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरीयतामा नेपाल माथि उक्लेको छ । आईसीसीले मङ्गलबार जारी गरेको अन्तर्राष्ट्रिय एकदिवसीयको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १६ औं स्थानमा रहेको थियो ।
न्युजिल्याण्ड भने पहिलो वरीयतामा यथावत छ । दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौथोमा भारत, पाँचौंमा दक्षिण अफ्रिका र छैठौंमा पाकिस्तान छ । नयाँ वरीयतामा बङ्गलादेश सातौं, वेष्टइन्डिज आठौं, श्रीलङ्का ९ औं र अफगानिस्तान १० औं स्थानमा छ । नेदरल्याण्ड्स ११ औं, आयरल्याण्ड १२ औं, जिम्बाबवे १३ औं र स्कटल्याण्ड १४ औं स्थानमा छ ।