गुल्मी : कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका कोरोना परीक्षण प्रयोगशालाका कर्मचारी रित्तो हात घर फर्किन बाध्य भएका छन्।गुल्मीका १२ वटा स्थानीय तहको सहयोगमा रेसुंगा नगरपालिकाले नेतृत्व गरेर संचालनमा रहेको कोरोना परीक्षण प्रयोगशालामा कार्यरत १० कर्मचारीहरूलाई पाँच महिनाको तलब नदिइ घर पठाइएको हो। प्रयोगशालामा कार्यरत टेक्नोलोजिष्ट दुई जना, टेक्निसियन तीन जना, असिस्टेन्ट दुई जना, कम्प्युटर अपरेटर एक जना, हेल्पर एक जना र एक जना कुकले पारिश्रमिक नपाएका हुन्। उनीहरू ०७७ असोज ८ गतेयता कोभिड&