एजेन्सी। भ्याक्सिनको प्रभावबारे गरिएका नयाँ दुई अध्ययनले आशा जगाएको छ। ती अध्ययनअनुसार भ्याक्सिन लगाएपछि कोरोनाका दुई भेरियन्टबाट मानिस सुरक्षित हुनेछन्। दुवै भेरियन्टमा फाइजर एन्ड बायोटेकको भ्याक्सिन प्रभावकारी हुने देखिएको हो। ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका कोरोनाका लागि सिंगल डोजको भ्याक्सिन बनाउनुपर्ने पनि कतिपय वैज्ञानिकले बताएका छन्। भ्याक्सिनको प्रभावबारे कतार र इजिप्टमा नयाँ अध्ययन गरिएको हो।