कोरोना महामारीलाई नियन्त्रणमा लिनका लागि पाकिस्तानले पनि आफैं खोप बनाउने तयारी थालेको छ । त्यहाँका स्वास्थ्यविद्हरूका अनुसार, यस विषयमा अनुसन्धान चलिरहेको छ र यो खोप छिट्टै तयार गरिने आशा छ । यसका लागि यूभीएएसको ल्याबमा ट्रायल द्रुत गतिमा चलिरहेको छ । डा ताहिर याकूबका अनुसार, एक खरायोमाथि कोरोनाभाइरस खोपको परीक्षण गरिँदैछ । त्यसको असर खरायोमा कस्तो पर्ने हो भनी अध्ययन गरिँदैछ । त्यसपछि बाँदरमा परीक्षण गर्ने अनि त्यो पनि सफल भएमा मानिसमाथि गर्ने तयारी छ । यूभएएसले यसका बारेमा पंजाबका म...