काठमाडौं : सरकारले केही महिनाअघि गरेको अध्ययनले करिब ५० प्रतिशत नेपालीमा कोरोनाविरुद्ध एन्टिबडी विकास भएको पाइएको छ। अध्ययनमा कोरोना भाइरस संक्रमण भएर वा खोप लगाइसकेका ५० प्रतिशत नेपालीको शरीरमा कोरोनाविरुद्ध एन्टिबडी विकसित भएको देखिएको हो।केही महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र सेन्टर फर डायनामिक नेपाल मिलेर गरेको समुदायमा आधारित सर्वेक्षणको नतिजाले एन्टिबडी विकास भएको देखाएको हो। ७७ जिल्लामा नै गएर वैज्ञानिक आधारमा करिब ३ करोड नेपालीको प्रत