आँधीमूलमा एकादशी मेला लाग्ने

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ। कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो।...

सम्बन्धित सामग्री

वराह क्षेत्रमा हरिबोधिनी एकादशी मेला शुरु

धरान : सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित प्राचीन पवित्र तीर्थस्थल वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला शुरु भएको छ।हरेक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला मंसिर ७ गतेदेखि मंसिर ११ गते पूर्णिमासम्म लाग्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए। मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरी काम गरिएको उनले बताए।मेलाका लागि आन्तरिक तथा बाह्य गरी ५ लाखभन्दा बढी भक्तजनको सहभागिता रहने वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जान

रेसुङ्गामा हरिबोधिनी एकादशी मेला

गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी एकादशीको पावन अवसर पारेर हरेक वर्ष मेला लाग्ने गर्दछ । विगतदेखि नै हरिबोधिनी (ठुलो) एकादशीमा रेसुङ्गा धामको महापोखरीमा विशाल एकादशी मेला लाग्ने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।

आज सुन्दरबजार नगरपालिकामा सार्वजनिक विदा

लमजुङको  सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिका भर सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।नगर कार्यपालिकाको छैटौं बैठकले उक्त विदा दिने निर्णय गरेको हो । सुन्दरबजार नगरपालिका(७ पाउँदी स्थित कर्मदा नदीका शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ ।एकादशी मेला भर्नको लागि पाउँदीमा ठूलो भीड लाग्ने हुँदा यस क्ष

गोलाघाटमा एकादशी मेला हुने

काठमाठडौँ,१५ कार्तिक । चितवनको गोलाघाटमा एकादशी मेला लाग्ने भएको छ । भरतपुर महानगरपालिका–२८ को आयोजनामा यहाँ उक्त मेला आयोजना गर्न लागिएको हो । पश्चिम चितवनको मुख्य पर्यटकीय क्षेत्र गोलाघाटको प्रचारप्रसार गर्ने उद्देश्यले कात्तिक १७ र १८ गते मेला गर्न लागिएको गोलाघाट एकादशी मेला आयोजक समितिका अध्यक्ष भीमसेन कुमालले जानकारी दिए । मेला नारायणी नदी र […]

लमजुङको पाउदीमा एकादशी मेला ! (फोटो फिचर)

लमजुङ – लमजुङको प्रवेशद्वार पाउदीमा रहेकाे मर्स्याङ्दी नदी किनारमा ठूलो एकादशी (हरिबाेधनी) का दिन ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि लमजुङ, तनहुँ, गोरखासहित विभिन्न ठाउँबाट बर्सेनि हजारौँ सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।कोरोना प्रभावका कारण विगतका दुई वर्ष खासै मेला लाग्न नसके पनि यस वर्ष भने पाउदी क्षेत्रमा भक्तजनको निकै घुइँचो लागेको कमृदा नदीको शिवजी मन्दिर संरक्षण समितिका सचिव गौतम पोखरेलले बताउनुभयो । झन्डै १२ हजार भक्तजन यस वर्ष पाउदीमा मेला भर्न आएका उहाँले बताउनुभयो ।‘विगतका दुई वर्ष कोरोना...

तनहुँका दुई ओटा नगरपालिकामा आज सार्वजनिक बिदा

कात्तिक २९, तनहुँ । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतवार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ ।  दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्छ । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दछन् ।  यसैगरी व्यासले पनि सोही  अवसरमा बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतवार विज्ञप्ति प्रकाशित गरी सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  यही कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकबाट हरिबोधनी एकादशीका दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।  हरिबोधनी एकादशीको दिन जिल्लाका विभिन्न ठाउँमा ठूलो मेला लाग्ने गर्दछ । शुक्लागण्डकीको पुल्चोकस्थित सेती नदी किनार, कोत्रेस्थित सेती नदी किनार, भिमाद नगरपालिका र म्याग्देको सङ्गममा पर्ने दोभान, भिमादको भिमाद बजारस्थित सेती नदी, व्यास नगरपालिकाको देउरालीनगर, शिशाघाट, आँबुखैरेनीको आँधीमूलमा एकादशीका दिन मेला लाग्ने गरेको छ ।  आँधीमूलमा एकादशी मेला लाग्ने आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले सोमवार एकादशी मेला सञ्चालन गर्न लागिएको हो । कोरोना कहरका कारण गत वर्ष यहाँ मेला भर्न रोक लगाइएको थियो । एकादशी मेलाका दिन यहाँ हजाराँैको संख्यामा भक्तजनको भीड लाग्ने वडाध्यक्ष किसान थापाले जानकारी दिए । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ ।  आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।  गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ ओटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।  कञ्चन पानी रहेको पोखरीमा ठूलै संख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजक्रिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।  मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ ।  गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ । रासस

बूढानीलकण्ठमा शनिबारदेखि एकादशी मेला शुरु हुने

काठमाडौं । बूढानीलकण्ठ मन्दिरमा आगामी शनिबारदेखि एकादशी मेला शुरु हुने भएको छ । बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने बूढानीलकण्ठ नारायणस्थान मठका महन्त निगमानन्द स्वामीले बताए। ‘मेला […]