तनहुँका दुई ओटा नगरपालिकामा आज सार्वजनिक बिदा

कात्तिक २९, तनहुँ । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतवार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ ।  दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्छ । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दछन् ।  यसैगरी व्यासले पनि सोही  अवसरमा बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतवार विज्ञप्ति प्रकाशित गरी सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  यही कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकबाट हरिबोधनी एकादशीका दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।  हरिबोधनी एकादशीको दिन जिल्लाका विभिन्न ठाउँमा ठूलो मेला लाग्ने गर्दछ । शुक्लागण्डकीको पुल्चोकस्थित सेती नदी किनार, कोत्रेस्थित सेती नदी किनार, भिमाद नगरपालिका र म्याग्देको सङ्गममा पर्ने दोभान, भिमादको भिमाद बजारस्थित सेती नदी, व्यास नगरपालिकाको देउरालीनगर, शिशाघाट, आँबुखैरेनीको आँधीमूलमा एकादशीका दिन मेला लाग्ने गरेको छ ।  आँधीमूलमा एकादशी मेला लाग्ने आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले सोमवार एकादशी मेला सञ्चालन गर्न लागिएको हो । कोरोना कहरका कारण गत वर्ष यहाँ मेला भर्न रोक लगाइएको थियो । एकादशी मेलाका दिन यहाँ हजाराँैको संख्यामा भक्तजनको भीड लाग्ने वडाध्यक्ष किसान थापाले जानकारी दिए । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ ।  आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।  गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ ओटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।  कञ्चन पानी रहेको पोखरीमा ठूलै संख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजक्रिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।  मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ ।  गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ । रासस

सम्बन्धित सामग्री

आज देशभर सार्वजनिक बिदा

काठमाडौँ – सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित […]

कर्णालीमा आज सार्वजनिक बिदा

सुर्खेत – कर्णाली प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको […]

कर्णालीमा आज सार्वजनिक बिदा

१५ असार, कर्णाली । कर्णाली प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा […]

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

५ माघ, जनकपुरधाम । मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा परेको छ । प्रदेश सरकारले मधेश बलिदानी दिवसको अवसरमा  आज सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिलामन्त्री भरतप्रसात साहले  प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार बलिदानी दिवस मनाउन आज प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी दिए । मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश […]

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । सरकारको आज सार्वजनिक बिदा दिएको छ। उधौली पर्व तथा योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। देशभर सम्बन्धित समुदायका लागि र काठमाडौँ उपत्यकामा सबैलाई सार्वजनिक बिदा दिइएको गृहले निकालेको सूचनामा उल्लेख छ। पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। आज […]

आज सार्वजनिक बिदा

काठमाडौं : सरकारको आज सार्वजनिक बिदा दिएको छ। अधौली पर्व तथा योमरी पुन्हीका अवसरमा आज सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

आज सार्वजनिक बिदा

उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवसको अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको छ । देशभर सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज सार्वजनिक बिदा

काठमाडौँ। सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् । नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, […]

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।...