लमजुङ – लमजुङको प्रवेशद्वार पाउदीमा रहेकाे मर्स्याङ्दी नदी किनारमा ठूलो एकादशी (हरिबाेधनी) का दिन ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि लमजुङ, तनहुँ, गोरखासहित विभिन्न ठाउँबाट बर्सेनि हजारौँ सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।कोरोना प्रभावका कारण विगतका दुई वर्ष खासै मेला लाग्न नसके पनि यस वर्ष भने पाउदी क्षेत्रमा भक्तजनको निकै घुइँचो लागेको कमृदा नदीको शिवजी मन्दिर संरक्षण समितिका सचिव गौतम पोखरेलले बताउनुभयो । झन्डै १२ हजार भक्तजन यस वर्ष पाउदीमा मेला भर्न आएका उहाँले बताउनुभयो ।‘विगतका दुई वर्ष कोरोना...