धरान : सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित प्राचीन पवित्र तीर्थस्थल वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला शुरु भएको छ।हरेक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला मंसिर ७ गतेदेखि मंसिर ११ गते पूर्णिमासम्म लाग्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए। मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरी काम गरिएको उनले बताए।मेलाका लागि आन्तरिक तथा बाह्य गरी ५ लाखभन्दा बढी भक्तजनको सहभागिता रहने वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जान