आर्थिक कूटनीतिसम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउन नेपालको निर्यात व्यापार प्रवद्र्धनमा लक्षित बनाउँदै सरोकारवाला सबै निकायहरूबीच प्रभावकारी समन्वय तथा सहकार्य गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले नेपाली निर्यातजन्य वस्तु निकासी गर्ने उद्यमी व्यवसायी र विदेशस्थित नेपाली नियोग प्रमुख तथा अन्य कर्मचारीसँग आयोजना गरेको ३ दिने अप्रत्यक्ष कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालको निर्यात व्यापार प्रवद्र्धनमा व्यवसायीहरू एवं नेपाली नियोगलगायत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको भूमिकाका साथै नेपालको हाल निर्यातको अवस्...