इजरायलमा १२ वर्ष शासन चलाएका बेन्जामिन नेतान्याहु संसदमा जम्मा एक मतको अन्तरले हारेर प्रधानमन्त्री पदबाट मुक्त भएका छन् ।
उनको स्थानमा दक्षिणपन्थी राष्ट्रवादी नेता नफ्टाली बेनेटले प्रधानमन्त्री पदको शपथ लिएका छन् । उनले परिवर्तनको सरकारको नेतृत्व गर्ने बताएका छन् ।
धेरै दलहरू मिलेर बनेको गठबन्धनले संसदमा बहुमतका लागि आवश्यक ६० भोट ल्याएको थियो । नेतान्याहुको पक्षमा ५९ मत परेको थियो ।
बेनेट सेप्टेम्बर २०२३ सम्मका लागि प्रधानमन्त्री रहनेछन् ।
त्यसपछि उनले मध्यमार्गी दल येश आतिदका नेता याइर...