काठमाण्डौ – तत्काल इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय समुदायले आग्रह गरेको छ । इजरायलले प्यालेस्टाइनको गाजामा मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाका राष्ट्रपति बाइडेनले दुवै देशका प्रमुखहरुलाई फोन गरेर द्वन्द्व अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति ममम्मुद अब्बासलाई फोन गरेर तत्काल द्वन्द्व अन्त्य गर्न आग्रह गर्नुभएको हो । यस्तै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि दुई देशबीचको समस्या समाधानका लागि आवश्यक छलफल गर्न आजका लागि बैठक...