एजेन्सी।इजरायलमा बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट हटेका छन्।दक्षिणपन्थी नेता नेफ्टाली बेनेटले १२० सदस्यीय संसदमा ६०–५९ को झिनो अन्तरमा गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा शपथ लिएपछि नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका हुन्।उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री हुनेछन्।त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्। नेतान्याहु इजरेलमा सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन्।