भेरिफाइड ट्वीटर अकाउन्ट भएकाले हरेक महिना ८ डलर बुझाउनु पर्ने

काठमाडौं : ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ।  ट्वीटरका सीईओ एलन मस्कले अब निलो मार्कका लागि प्रत्येक महिना ८ डलर लिइने जनाएका छन्।  यसअघि उनले यसका लागि २० डलरको प्रस्ताव राखेका थिए। तर फरक-फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ डलर तोकिएको हो।‘आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट ‘प्राइभेट’

काठमाडौँ – प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट प्राइभेट भएकाे छ। यसअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ‘खुला’ रहेकाे ट्वीटर अकाउन्ट नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा प्राइभेट कसरी भयो भन्नेबारे सचिवालयले अनभिज्ञता प्रकट गरेको छ। प्रधानमन्त्रीकाे सचिवालयका एक सदस्यका अनुसार आफूहरूले यसबारे बुझिरहेको तर हालसम्म कुनै कारण भने पत्ता नलागेकाे बताए। प्रचण्डको सामाजिक सञ्जाल […]

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड

१४ पुस, काठमाडौं । प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे अनभिज्ञता प्रकट गरेको छ । यसबारे आफूहरुले बुझिरहेको सचिवालयका सदस्यहरु बताउँछन् । प्रचण्डको सामाजिक सन्जाल ह्याण्डलिङको जिम्मा पाएका सूर्यकिरण शर्माले […]

डिलिट हुँदैछन् साढे एक अर्ब ट्वीटर अकाउन्ट

माइक्रो ब्लगिङ साइट ट्वीटरबाट साढे एक अर्ब ट्वीटर अकाउन्टहरु डिलिट हुने भएका छन् । ट्वीटरका सीईओ एलन मस्कले शुक्रबार एक अर्को महत्वपूर्ण निर्णय लिने क्रममा डेढ अर्ब वटा खाता हटाउने घोषणा गरेका हुन् । मस्कले १५० करोड ट्वीटर अकाउन्ट डिलिट गर्नुपर्नाको कारण पनि उल्लेख गरेका छन् । ट्वीटरमा स्पेस फ्री गर्नका लागि वा ठाउँ खाली […]

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको ट्वीटर अकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको ट्वीटर अकाउन्ट केही समयका लागि ह्याक भएको छ । आइतबार नरेन्द्र मोदि नामक मोदिको अकाउन्ट केही समयका लागि ह्याक भएको हो । ह्याकरले आधिकारिक अकाउन्टबाट बिटकोइनको बारेमा ट्वीट पनि गरेको थियो । अकाउन्ट ह्याकपछि ट्वीटमा मध्यरात पछि भारतमा बिटकोइनलाई आधिकारिक टेन्डरको रुपमा ल्याइएको बताइएको थियो । ट्वीटमा भारतले बिटकोइनको खरिद गरेको र...

ह्याकरले फेरिदिए शत्रुघन सिन्हाको नाम, राखिदिए 'एलन मस्क'

गएराति बलिउड अभिनेता शत्रुघन सिन्हाको ट्वीटर अकाउन्ट ह्याक गरी नाम परिवर्तन गरिदिएका छन्।

अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउन्ट सस्पेन्ड

कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएको छ । बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्टमा ताला लागेको अनुमान गरिन्छ । कंगनाले ट्वीट गरेर ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन् । त्यसपछि नै प्रयोगकर्ताले कंगनालाई तथानाम भनेका थिए । अब कंगनाको ट्वीटर अकाउन्ट आधिकारिक रुपमा नै सस्पेन्ड भएको छ । बंगला चुनावको परिणामपछि श्रृङ्खलाबद्ध रुपमा थुप्रै ट्वीट गरेकी थिइन् । उनले तृणमूल कांग्रेस पार्टी (टीएमसी) विरुद्ध बयान दिँदै ममता बनर्जीमाथि टिप्पण

ट्रम्पलाई धम्की दिएलगत्तै इरानी सर्वोच्च नेताको ट्वीटर अकाउन्ट बन्द

एजेन्सी । इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले शुक्रबार एक ट्वीट गरे, जुन ट्वीटले अहिले विवाद पैदा गरेको छ । उनले ट्वीटरमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गर्दै इरानी सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको हत्याको बदला लिएरै छाड्ने बताएका थिए । ट्वीटमा खामेनीले एउटा तस्बिर राखेका छन्, जसमा ट्रम्पको अनुहारसँग मिल्दोजुल्दो  एक व्यक्ति लडाकु विमान या ड्रोनको छायामा गल्फ खेलिरहेको देखिन्छ ।उक्त ट्वीटपछि ट्वीटरले खामेनीको ट्वीटर अकाउन्ट बन्द गरिदिएको छ । खामेनीले फारसी भाषाम

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट (@realDonaldTrump) सधैंका लागि बन्द गरिदिएको छ ।

डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट बन्द भएको छ ।  अमेरिकी संसद भवन क्यापिटल्स हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई उत्तेजित पार्ने खालको ट्वीट गर्न थालेपछि उनको ट्वीटर अकाउन्ट बन्द गरिएको हो ।  अमेरिकी संसदमा आक्रमणका क्रममा एक जनाको मृत्यु भइसकेको छ ।  यसबीचमा  ट्रम्पले शेयर गरेका भिडियो तथा पोस्टहरू फेसबूक तथा ट्वीटरले हटाएका छन् ।  हिंसात्मक पोस्ट गरेको भन्दै फेसबूक र ट्वीटरले ट्रम्पको भिडियो हटाएको बताइएको छ ।