आफ्नो जेट ट्रयाकिङ गर्ने ट्वीटर अकाउन्ट हटाउन एलोन मस्कको १९ वर्षेलाई ५ हजार डलरको प्रस्ताव, मागे ५० हजार डलर

फ्लोरिडाका १९ वर्षीय किशोर ज्याक स्वीनेले एलोन मस्कको पाँच हजार डलरको प्रस्ताव अस्वीकार गरेका छन् । मस्कले उनको निजी जेटलाई ट्रयाकिङ गरिरहेको ट्वीटर अकाउन्ट डिलिट गर्न ५ हजार डलरको प्रस्ताव राखेका थिए ।एलोनजेट नामको ट्वीटर अकाउन्टमा १ लाख ५० हजार फलोअर्स रहेका छन् । स्विनेले उक्त अकाउन्टमार्फत् मस्कको उडान निगरानी गर्नका लागि बट प्रविधिको विकास गरेका छन् । बट इन्टरनेट वा अन्य नेटवर्कको एउटा स्वायत्त प्रोग्राम हो जसले सिस्टम वा प्रयोगकर्तासँग कुराकानी गर्नसक्छ ।भर्खरै कलेज पढ्दै गरेका उनले दर्जन