नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसालमाथि अनुशासन आयोगले गरेको कारबाही सिफारिस विषयमा पार्टी कमिटीमा छलफल गरेर आवश्यक निर्णय लिइने बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए । उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफल पश्चात निर्णय लिइने बताए । उनले भने, ‘कुनैपनि चिज कमिटीमा छलफल हुन्छ । यदि कुनै विषय