प्रहरी पेशाप्रति बढ्दो निराशा‚ दैनिक सातजनाले दिन्छन् राजीनामा

काठमााडौं : नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ। विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डिआइजी)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सातजनाले राजीनामा दिने गरेको पाइएक...

सम्बन्धित सामग्री

राजीनामा दिने तयारीमा डिआइजी अशाेक सिंह

काठमाडाैँ- प्रहरी नायव महानिरीक्षक डिआइजी अशोक सिंहले बुधबार राजीनामा दिने तयारी गरेका छन्। प्रहरी प्रधान कार्यालय पुगेर उनले राजीनामा बुझाउने तयारी गरेका हुन्। उनी नयाँ प्रहरी प्रमुखको दाबेदार हुन्। सिंहले राजीनामा दिएमा भावी आइजिपीको दौडमा डिआइजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन्। डिआइजी सिंहविरुद्ध नक्कली शैक्षिक याेग्यताकाे प्रमाणपत्र देखाई जागिर खाएकाे […]

काठमाण्डौ महानगरको नगर प्रहरी विवाद : सई चुडालको राजीनामा स्वीकृत

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीमा विवाद देखिएको छ । सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएपछि नगर प्रहरी बलको आन्तरिक विवाद सतहमा आएको हो । चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै हिजो पदबाट राजीनामा दिनुभएको थियो । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तल्लो तहका कर्मचारीलाई अपमान गरेको र अनावश्यक दबाब दिएको चुडालको आरोप छ । काठमाण्डौ महानगरले पछिल्लो समय फुटपाथ खाली गराउने, नक्सा विपरीतका संरचना हटाउने, महानगरभित्रका होडिङ्ग बोर्ड तथा साइन बोर्ड व्यवस्थापन गर्नेलगायतका काम...

चुनावअघि नेपाल प्रहरी र सशस्त्रका कर्मचारीले राजीनामा दिन नपाउने

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का कर्मचारीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि राजीनामा दिन रोक लगाइएको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मका लागि मातहत सबै दर्जाका कर्मचारीलाई राजीनामा दिन रोक लगाएको दुवै सुरक्षा निकायले जनाएका छन्। विशेष गरी तल्लो तहका कर्मचारी स्वैच्छिक अवकाशमा जाने क्रम बढेपछि दुवै सुरक्षा निकायले यस्तो नीति […]

आबेको सुरक्षामा कमजोरी भएको स्वीकार्दै जापानका प्रहरी प्रमुखले राजीनामा दिने

९ भदौ, टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गत महिना भएको हत्याको जिम्मेवारी लिन जापानको प्रहरी निकायका प्रमुखले बिहीबार राजीनामा दिने बताएका छन् । जापानको प्रहरी (एनपीए) का आयुक्त जनरल इटारु नाकामुराले चुनावी अभियानका क्रममा सडकमा भाषण दिने क्रममा आबेको गोली लागेर मृत्यु भएको समयमा सुरक्षाको समीक्षा सार्वजनिक गरेपछि यस्तो घोषणा गरेका हुन् । नाकामुराले […]

एआईजी विश्वराज पाेखरेलद्वारा राजीनामा !

काठमाण्डाै – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेखरेलले राजीनामा दिनुभएकाे छ ।पाेखरेलले आज साेमवार दिउँसाे प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिनुभएकाे केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले उज्यालाेलाई जानकारी दिनुभयाे । पाेखरेलकाे राजीनामा स्वीकृत हुन बाँकी छ । २०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आफूभन्दा डेढ वर्ष कनिष्ठलाई महानिरीक्षकमा नियुक्त गरेकाे भन्दै ...

एआईजी पोखरेलद्वारा राजीनामा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले आज दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिनुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी)टेकप्रसाद राईले जानकारी दिनुभयो । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउ भनी दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेपछि अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको हो […]

अन्तत: एआइजी पोखरेलले  दिए राजीनामा

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्। सोमाबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर उनले राजीनामा पत्र बुझाएका हुन्।सरकारले गरेको आइजिपी बढुवामा आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई गरेको भन्दै पोखरेल सर्वोच्च अदालतसम्म पुगेका थिए।अन्तत पटक पटक गरी सर्वोच्चले उनको मुद्दा हेरेर अन्त्यमा खारेज गरिदिएको थियो।पोखरेलको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालय र गृहबाट मन्त्रिपरिषदमा पेश हुनेछ। एआइजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने का

एआईजी पोखरेलले दिए राजीनामा

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाकारी दियो ।

प्रहरी सेवाबाट राजीनामा दिएर कृषिमा रमाएका गोविन्द

२०५७ सालमा प्रहरी सेवामा रहँदै गर्दा गोविन्द थपलियाले प्रहरी नायव उपरीक्षक डीएसपी पदबाट राजीनामा दिए। प्रहरी सेवाबाट राजीनामा दिएपछि उनी १५ वर्षदेखि कृषिलाई आफ्नो कर्मको रुपमा अगाडि बढाउन सफल भएका छन्। उनको दैनिकी कृषि फार्म ग्रोमा चलिराखेको छ। उनले आफ्नो व्यवसायलाई अगाडि बढाउनुपर्छ भन्ने सोच बनाएर कृषि पेशालाई अंगालेका हुन्। उनी श्रीमती र परिवारको साथ […]