काठमाण्डौ महानगरको नगर प्रहरी विवाद : सई चुडालको राजीनामा स्वीकृत

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीमा विवाद देखिएको छ । सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएपछि नगर प्रहरी बलको आन्तरिक विवाद सतहमा आएको हो । चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै हिजो पदबाट राजीनामा दिनुभएको थियो । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तल्लो तहका कर्मचारीलाई अपमान गरेको र अनावश्यक दबाब दिएको चुडालको आरोप छ । काठमाण्डौ महानगरले पछिल्लो समय फुटपाथ खाली गराउने, नक्सा विपरीतका संरचना हटाउने, महानगरभित्रका होडिङ्ग बोर्ड तथा साइन बोर्ड व्यवस्थापन गर्नेलगायतका काम...

सम्बन्धित सामग्री

भरतपुर महानगरले माग्यो नगर प्रहरी

चितवन – भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो । महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक (डीएसपी) एक जना, प्रहरी नायब निरीक्षक (सई) एक जनासहित ३० जना माग गरिएको छ । सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरेको छ । यस्तै महिला प्रहरी जवान तीन जना, दलित तीन जना, आदिवासी जनजाति तीन जना, थारु दुई जना र मधेसी एक जना मागेको हो । असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरक...

बुटवलका डिएसपी कुँवरसहित ३ अधिकृत पुरस्कृत

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका ३ प्रहरी अधिकृतहरूलाई असोज महिनाका उत्कृष्ट प्रहरी इन्चार्जका रुपमा पुरस्कृत गरेको छ । शनिबार एक समारोहका बीच सो कार्यालयले बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मदन कुँवर, सीमा प्रहरी कार्यालय कदमहवाका प्रमुख सई भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवलका प्रमुख सई विमला विकलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज  अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको हो ।रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले उनीहरुलाई उक्त अवार्