काठमाण्डाै – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेखरेलले राजीनामा दिनुभएकाे छ ।पाेखरेलले आज साेमवार दिउँसाे प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिनुभएकाे केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले उज्यालाेलाई जानकारी दिनुभयाे । पाेखरेलकाे राजीनामा स्वीकृत हुन बाँकी छ । २०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आफूभन्दा डेढ वर्ष कनिष्ठलाई महानिरीक्षकमा नियुक्त गरेकाे भन्दै ...