कलंकीको खसी बजारमा भेटिएका व्यापारीहरू पहिलेको जस्तो बिक्रीबट्टा नभएको गुनासो गर्छन् । ‘मान्छे सबै काठमाडौं छाडेर दसैँ मनाउन फर्किन्छन् । भाउ नै पाइँदैन भनेको’, एकजनाले हामीसँग भने । व्यापारीले मन्दी भएको बताइरहेपनि मासु पसलेहरू भाउ बढाउन ठिक्क परेर बसेका छन् ।