कोरोना भाइरसको संक्रमण तिव्र भएसँगै चितवन जिल्लामा लागेको निषेधाज्ञा जेठ २७ सम्म कायम रहने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार जारी गरेको आदेशमा जिल्लामा कोभिड–१९ को संक्रमण हालसम्म पनि उच्च जोखिममा रहेको हुँदा जेठ २७ गते बिहीबार मध्यरातसम्मका लागि चितवनभर निषेधाज्ञा कायम रहने उल्लेख छ ।