चितवनमा निषेधाज्ञा थप खुकुलो

चितवन । चितवनमा निषेधाज्ञा थप खुकुलो गर्दै लगिएको छ । जिल्लामा कोरोना संक्रमणदर र मृत्युदर घट्दै गएका कारण निषेधाज्ञा खुकुलो गर्दै लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । आज कार्यालयले आदेश जारी गर्दै आउँदो असोज १५ गतेसम्म निषेधाज्ञा थप गरेको छ । यसअघि जारी निषेधाज्ञा बिहीबार राति १२ बजे सकिँदै छ...

सम्बन्धित सामग्री

चितवनमा सार्वजनिक यातायातका साधन जोर बिजोर प्रणालीमा चल्ने

२३ असार, चितवन । सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा चल्न पाउने गरी चितवनमा निषेधाज्ञा थप खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा बुधबार जारी आदेशमा थप खुकुलो बनाउँदै असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको उल्लेख छ । चितवनमा अब जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइनेछ […]

चितवनमा निषेधाज्ञा जेठ २७ गतेसम्म थप गरियो

जेठ १९, चितवन । यस जिल्लामा संक्रमणको दर र जोखिम नघटेपछि जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीवार रातिबाट सकिंदैछ । कोरोना संक्रमण दर घट्दै गएपनि जिल्लामा संक्रमणको  जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञाको अवधि थप गरिएको जानकारी दिएको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो ।  कोरोना संक्रमणको दर अझै नघटेपछि पुनः २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा हस्ताक्षरित आदेशमा कोभिड संक्रमण रोकथामका लागि सबै नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गरी सहयोग गर्नसमेत आग्रह गरिएको छ । जारी निषेधाज्ञाभन्दा बिहीवारबाट लागू हुने निषेधाज्ञामा खाद्यवस्तुका पसलको हकमा भने केही खुकुलो गरिएको छ ।