तालचोक–बेगनास सडकमा १ अर्ब ४९ करोड लगानी हुने

पोखराको तालचोक–बेगनास सडक–खण्डको ३.२८ किमि सडक निर्माणमा एक अर्ब ४९ करोड १५ लाख लगानी हुने भएको छ । तालचोक–बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडरसहित चार लेनको सडक निर्माण हुने पोखरा महानगरपालिकाले जनाएको छ । उक्त सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौंले पाएको पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए । उक्त कम्पनीले तोकिएको […]

सम्बन्धित सामग्री

डोल्मा इम्प्याक्ट फण्डमा जाइकाको एक अर्ब ३२ करोड लगानी

दिगो विकास लक्ष्यमा विशेष गरी लैंगिक समानता सस्तो र स्वच्छ उर्जा मर्यादित काम र आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले डोल्मा फण्ड म्यानेजमेन्ट (डीएफएम) बाट लगनाी गर्ने भएको छ । जाइकाले डोल्मामार्फत १० मिललियन अमेरिकी डलर (१ अर्ब ३२ करोड रुपौयाँ) बराबरको लगानी गर्ने भएको हो […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। सरकारले ब्याज अनुदानमै झण्डै २० अर्ब रुपैयाँ खर्च गरेको छ। विद्युत् उत्पादन बढेसँगै नेपालमा विद्युतीय वस्तुको आयात पनि बढेको छ।११ अर्ब १६ करोडको विद्युत भारत निर्यात भएको छ। ४ महिनामा वाणिज्य बैंकहरुको खुदनाफा २५ अर्ब नाघेको छ। जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने भएको छ। फिफाले कतार विश्वकपबाट साढे सात बिलियन डलर कमाएको छ।

जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने

५ पुस, काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले स्वपूँजी लगानी (प्राइबेट इक्विटी) कोष डोल्मा इम्याक्ट फन्ड (डीआईएफ) मा १ अर्ब ३२ करोड रुपैयाँ (१० मिलियन अमेरिकी डलर) बराबरको लगानी गर्ने भएको छ । जाइकाले नेपालको निजी क्षेत्रमा गर्न लागेको यो पहिलो लगानी हो । डोल्मा फण्ड म्यानेजमेन्ट र जाइकाबीच लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको […]

राष्ट्र बैंकले १ अर्ब २० करोड रकम मुद्दती निक्षेपमा राख्ने, यस्ता छन् सर्त

नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकममध्ये १ अर्ब २० करोड लगानी गर्न लागेको हो ।

अन्तरराष्ट्रिय चेन होटल शिन्तामणी नेपाल भित्रियो, १ अर्ब १० करोड लगानी

चैत २१, काठमाडौं । अन्तरराष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणी होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ ।             मुस्ताङ्को चर्चित मोक्ष होटलको व्यवस्थापनलाई शिन्तामणि होटलले लिएको हो । शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन भइरहेको मोक्ष होटलको व्यवस्थापन अब शिन्तामणी होटलले गर्ने बताएको छ । शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा आरामदायि होटल सञ्चालन गर्दै आएको छ । यती समूहअन्तर्गत सञ्चालित विभिन्न होटलमध्ये मोक्ष होटल पनि एक चर्चित होटल मानिन्छ ।             शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ‘ब्राण्ड’ हो । १ अर्ब १० करोड रुपैयाँ लगानीमा निर्माण भई सञ्चालनमा रहेको सो रिसोर्टको व्यवस्थापन भने आगामी अक्टोबरदेखि सम्हाल्ने गरी दुई पक्षीय सम्झौता भएको हो ।             रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने गरी सम्झौता भएको यति ग्रुपका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए। सो ब्राण्डले खर्चालु पर्यटकका लागि लक्षित गरी निर्माण गरिएका होटल तथा रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ ।             कम्पनीले न्यूनतम तीन दिनको बुकिङ लिने भएकाले १ हजार ५०० देखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज विक्री हुने बताएको छ । कोठा, हवाई स्थानान्तरण, गतिविधि, स्पा, खाना र पेय पदार्थ सबै प्याकेजमा समावेश हुने बताइएको छ ।             अमेरिकन आर्किटेक बिल बेन्स्लीले शिन्तामणि होटल ब्रान्डको शुरुआत गरेका हुन् । कम्बोडियाको जङ्गल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने उनको विश्वास छ । विश्वभरका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यका साथ काम शुरु गरिएको बताइएको छ ।             शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गराउन होटलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले लक्जरीयस सुविधा खोज्ने पर्यटकलाई अन्तरराष्ट्रियस्तरको सेवा सुविधा दिन पाउने अवसर जुरेकोमा खुसी व्यक्त गरे ।        कोभिड–१९ महामारीका कारण लामो समयसम्म बन्द भएको मोक्ष होटलको व्यवस्थापनको जिम्मेवारी फेरिएसँगै नेपालमा खर्चालु पर्यटक बढ्ने अनुमान गरिएको छ । महामारीका कारण दुई वर्ष होटलका लागि निकै चुनौतीपूण रहेको र अब होटललाई नयाँ ढङ्गले सञ्चालन गर्ने योजना अनुरुप शिन्तमणि होटलसँग सहकार्य गरिएको सीईओ शेर्पाको भनाइ छ ।             शिन्ताममणि होटसका निर्देशकसमेत रहेको आर्किटेक्चर बेन्स्लीले मोक्ष होटलले स्तरीय सेवा सुविधा उपलब्ध गराउने जानकारी दिए । अर्का निर्देशक जोसन फ्राइडम्यानले आफू नेपालमा पछिल्लो ३० वर्षदेखि भ्रमण गरिरहेको र नेपालमा पनि परियोजना सञ्चालन गर्ने रहर पहिलादेखि रहेकाले अहिले साकार भएको बताए ।        मोक्ष होटल समुद्री सतहबाट २ हजार ८०० मिटरको उचाइमा रहेको छ । शिन्तामणि होटलले पछिल्लो समय कम्बोडियामा पनि आरामदायि होटल सञ्चालन गर्दै आएको छ ।  रासस

एनएमबि फिप्टीको सूचीकृत शेयरमा लगानी रू. १ अर्ब २३ करोडभन्दा बढी

चैत १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टीले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार योजनाले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब २३ करोड लगानी गरेको छ ।यो लगानी माघमसान्त तुलनामा ३ प्रतिशतले वृद्धि भएको हो । माघ सम्ममा योजनाले सूचीकृत शेयरमा  रू. १ अर्ब १९ करोड लगानी गरेको थियो । फागुन महीनामा योजनाले लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै सूचीकृत शेयरमा लगानी बढेको हो । त्यसैगरी योजनाको एनएभी भने माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तसम्ममा योजनाको एनएभी रू. १६ दशलमव शून्य ७ रहेकोमा फागुन मसान्तमा रू. १५ दशमलव ६१ कायम भएको छ । त्यसैगरी उक्त योजना फागुन मसान्तसम्ममा रू. ४ करोड ४६ लाख नोक्सानीमा रहेको छ । माघ मसान्तसम्ममा भने योजनाले रू. १ करोड ३० लाख नाफा कमाएको थियो । फागुन मसान्तसम्ममा योजनाको आम्दानी रू. १ करोड ९४ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।

२०.७२ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, शेयरमा १६ अर्ब ७३ करोड लगानी

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नागरिक लगानी कोषको खुद नाफा २०.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३२ करोड २५ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ३८ करोड ९४ लाख पुगेको छ । यस अवधिमा कम्पनीले यज आम्दानी बाट ८ करोड ८७ लाख , सेवा शुल्क तथा कमिशन आम्दानीबाट ५८ करोड ७२ लाख र विविध आम्दानी शिर्षकमा ३ लाख ८० हजार आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड लगानी गरेको छ । त्यस्तै संगठित संस्थाको शेयरमा १६ अर्ब ७३ करोड लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले संगठित संस्थाको शेयरमा १२ अर्ब ४३ करोड लगानी गरेको थियो। कम्पनीले यस अवधिमा मुद्दती निक्षेपमा १ खर्ब ५ अर्ब लगानी गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी भने घटेर २४ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ भने १६४ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २७ करोड रहेको छ ।

उद्यमी बनाउन रू. १ अर्ब ६४ करोड लगानी

काठमाडौं । मुलुकभरका सातआटै प्रदेशमा ३६ हजार ४७९ जना नयाँ लघु उद्यमीहरू बनेका छन् । यो संख्या लक्ष्यभन्दा कम हो । गत आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ५८ प्रतिशत मात्रै नयाँ उद्यमी सृजना भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ती नयाँ उद्यमी सृजना गर्नेदेखि लघु उद्यमीको स्तरोन्नति, प्रविधि हस्तान्तरण र साझा सुविधा केन्द्र (उद्यम घर) स्थापना गर्दासम्म रू. १ अर्ब ६४ करोड लगानी भएको छ । मन्त्रालयबाट सञ्चालित कार्यक्रम ‘गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)’ मार्फत यस कार्यक्रमका लागि कुल रू. २ अर्ब २४ करोड बजेट विनियोजन गरिएको थियो । मन्त्रालयका अनुसार एउटा नयाँ उद्यमी सृजना गर्दासम्म रू. २५ हजारदेखि रू. ३० हजारसम्म खर्च भएको छ । सरकारले ३६ हजार ४७९ जना नयाँ लघु उद्यमी सृजना गर्न रू. १ अर्बसम्म खर्चिएको छ । यसैगरी मेड्पाअन्तर्गत नयाँ उद्यमीका साथै उद्यमीको स्तरोन्नति, उद्यम घर र तालीम दिएकालाई शीपअनुसारको प्रविधि र सामूहिक रूपमा उद्यम घर निर्माण गर्दा कुल उक्त खर्च भएको मन्त्रालयका उपसचिव दिनेशसागर भुसालले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९)का कारण लक्ष्यअनुसार काम हुन नसकेको भुसालको भनाइ छ । उनले स्तरोन्नति गर्दा प्रति एक जनाका लागि रू. १० हजारदेखि रू. १२ हजारसम्म खर्च हुने किसिमले बजेट तोकेर पठाइएको जानकारी दिए । एउटा उद्यम घर बनाउन रू. ५ लाख लगानी गरिएको छ । मन्त्रालयका अनुसार गत आवमा १२ हजार १६३ लघु उद्यमीको स्तरोन्नति, १० हजार २०४ लघु उद्यमीहरूलाई नयाँ प्रविधि हस्तान्तरण गरिएको छ, भने ३४ साझा सुविधा केन्द्र बनेका छन् । नयाँ उद्यमी सृजनामा जस्तै स्तरोन्नतिको लक्ष्य पनि पुगेको छैन । गत आर्थिक वर्षमा यस कार्यक्रमअन्तर्गत ३३ हजार जना उद्यमीको स्तरोन्नति गरिने भनिए पनि जम्मा ३७ प्रतिशत लक्ष्य प्राप्त भएको छ । साझा सुविधा केन्द्र बनाउने लक्ष्य पनि जम्मा २३ प्रतिशत पूरा भएको छ । मेड्पा कार्यक्रमले १५० ओटा उद्यम घर बनाउने लक्ष्य राखेकोमा जम्मा ३४ ओटा केन्द्र स्थापना भएका छन् । प्रविधि हस्तान्तरण भने उल्लेख्य मात्रामा भएको पाइएको छ । १ हजार ५०० लघु उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गर्ने लक्ष्य राखिएकोमा २९ हजार ९२ नयाँ लघु उद्यमीले प्रविधि प्राप्त गरेका छन् । यसमा मौरीको घार, सिलाइकटाइका मेशिन, अचार बनाउने, बेसार बनाउने मेशिन तथा प्रविधिहरू उपलब्ध गराइएको भुसालले बताए । यस्ता प्रविधि तालीम सम्पन्न गरी प्रमाणपत्र दिने बेलामा उद्यमीलाई उपलब्ध गराइएको मन्त्रालयले जानकारी दिएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरू भने यो कार्यक्रममा आकर्षित हुन नसकेको पाइएको छ । वैदेशिक रोजगारीबाट आएर बेरोजगार भएकालाई पनि यो कार्यक्रममा समेट्ने लक्ष्य लिइए पनि जम्मा २ हजार १२ जनाले यसमा सहभागिता जनाएका छन् । वैदेशिक रोजगारीबाट आएकाहरूले आपूmसँग शीप भएको तर पूँजी नभएको प्रतिक्रिया दिएको भुसालले बताए । उनीहरूले बैंकबाट सस्तोमा ऋण खोजेको देखिएको छ । उनले त्यसलाई सम्बोधन गर्न यो वर्ष सस्तो ऋण कसरी पाउने भन्ने निर्देशिका पुस्तक बनाउन लागिएको बताए ।