धेरैले किन्ने मोटरसाइकलकै मूल्य ३० हजारसम्म बढ्यो

१६ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । यसले मूल्य बढ्ने त निश्चित छ । तर, प्रश्न छ कति ? किनकी अहिले पनि धेरैका लागि मोटरसाइकल आफ्नो पहुँचको सवारी साधन हो । त्यसमा पनि १५० देखि २२० सीसीसम्मका मोटरसाइकल धेरैको पहुँचमा छ । तर, बजेटले त्यही मोटरसाइकलको मूल्य …

सम्बन्धित सामग्री

सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी माघमा बढ्यो

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी माघमा बढेको छ । पुस मसान्तसम्म ९० लाख ६८ हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना माघ मसान्तसम्म भने ३ करोड ७ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो । जम्मा आम्दानी १ करोड ५१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको योजनाको जम्मा खर्च भने १ करोड ५५ लाख रूपैयाँभन्दा बढी रहेको छ । माघमा योजनाको प्राप्त भइनसकेको आम्दानी रकम बढेसँगै नोक्सानी बढेको हो । पुस मसान्तसम्म ५ करोड रूपैयाँभन्दा बढी रहेको प्राप्त भइनसकेको आम्दानी माघ मसान्तसम्म ७ करोड ५१ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाको प्रति इकाई खुद मूल्य माघ मसान्तसम्म ९ रूपैयाँ ८३ पैसा रहेको छ । यो मूल्य पुस मसान्तसम्म ९ रूपैयाँ ९७ पैसा रहेको थियो । बन्दमुखी प्रकृतिको यस योजनाले १५ करोड इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले माघ मसान्तसम्म बैंक मुद्दति निक्षेप समेत धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब ४८ करोड ८५ लाख ३० हजार रूपैयाँ रहेको छ । माघ मसान्तसम्म योजनाको लगानीको बजारमुल्य भने १ अर्ब २८ करोड ९० लाख ६१ हजार रूपैयाँभन्दा बढी छ । योजनाको लगानीको परलमूल्यभन्दा बजारमूल्य कम कायम भएको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

सामान्य अंक बढ्यो नेप्से, १ अर्ब ७८ करोड बराबरको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । दिनभर उतावचढाव देखिएको परिसूचक उच्च विन्दु २ हजार १०९ दशमलव २९ विन्दुमा पुगे पनि अन्त्यमा भने २ हजार ८९ दशमलव ८४ विन्दुमा कायम भएको छ । लगानीकर्ताहरू अझै 'पर्ख र हेर'को अवस्थामा रहेकाले बजारमा उच्च वृद्धि र कमी नदेखिएको विज्ञ बताउँछन् । र, सोही कारण कारोबार रकम प्रभावित भएको उनीहरूको भनाइ छ ।   छोटो समयमै प्रोफिट बुक गरी बसेका लगानीकर्ताले सक्रियरूपमा लगानी नगर्दा र धेरै दिन बजार घटेकाले लगानीकर्ताको मनोविज्ञान सकारात्मक नहुँदा यस्तो असर देखिएको विज्ञको भनाइ छ । यद्यपि आगामी दिनमा भने बजार सकारात्मक बन्ने विज्ञहरू अनुमान गर्छन् । सूचीकृत कम्पनीहरूले अहिले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । वित्तीय विवरण सार्वजनिक गरेपछि कम्पनीले लाभांश घोषणा गर्नेछन् । त्यसपछि बजार सकारात्मक बाटो समात्ने उनीहरूको अनुमान छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत वृद्धि भएको छ ।  बिहीवार २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता शेयर ४० हजार ७७४ पटकमा रू. १ अर्ब ७८ करोड बराबरको कारोबार भएको छ ।  यस दिन कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआईबिएल ग्रोथफण्डको मूल्यमा सकारात्मक सर्किट लागेको हो । बिहीवार सबैभन्दा बढी प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ५ दशमलव १९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ३६५ मा झरेको छ । शेयर मूल्य घट्ने कम्पनीको सूचीमा दोस्रोमा गणपति लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ४ दशमलव १६ प्रतिशत घटेर रू. ६९६ कायम भएको छ । यस कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा उल्लेख्य घटेको छ । यसकारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएका हुन् ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ९ करोड २३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०४ दशमलव ७० कायम भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा दोस्रोमा सिइडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको रू. ५ करोड ५४ लाख बराबरको कारोबार भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबैको बढेको हो । समूहगत परिसूचक सर्वाधिक घट्नेमा वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १ दशमलव ५२ प्रतिशत घटेको छ । यस्तै व्यापार समूहको परिसूचक १ दशमलव ८१ प्रतिशत बढेको छ ।

प्रभु स्मार्ट फण्डको वैशाखमा लगानी मूल्य बढ्यो

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्डको कुल लगानी मूल्य चैत मसान्तको तुलनामा वैशाखमा बढेको छ । चैत मसान्तसम्म रू. २८ करोड ९१ लाखभन्दा बढी रहेको कुल लगानी मूल्य वैशाख मसान्तसम्म रू. ३५ करोड ४७ लाखभन्दा बढी पुगेको छ । कुल लगानीमध्ये योजनाले बैंक मुद्दती निक्षेपमा रू. १४ करोड ७० लाख लगानी गरेको छ । यो लगानी रकममा चैत महीनाको भन्दा केही परिवर्तन भएको छैन । योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य भने वैशाख मसान्तसम्म रू. २९ करोड ९१ लाख ४१ हजारभन्दा बढी रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना सञ्चालनका लागि १० करोड इकाई विक्री गरिएको थियो । योजनाको प्रतिइकाई खुद मूल्य वैशाख मसान्तसम्म रू. १० कायम भएको छ । वैशाख मसान्तसम्म योजना रू. ३ लाख ३३ हजारभन्दा बढी नोक्सानीमा रहेको छ । चैत मसान्तसम्म योजना रू. १७ लाख ५३ हजार नाफामा रहेको थियो । यो महीना योजनाको जम्मा आम्दानी बढे पनि खर्च बढ्दा नोक्सानीमा गएको देखिन्छ । चैत मसान्तसम्म रू. ५३ लाख ७७ हजारभन्दा बढी आम्दानी गरेको योजनाले रू. ३६ लाख २३ हजार खर्च गरेको थियो । वैशाख मसान्तसम्म भने रू. ५५ लाख ३० हजार आम्दानी भएकोमा रू. ५८ लाख ६४ हजारभन्दा बढी खर्च भएको हो । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

लगातार सात कारोबार दिनमा साढे ७ % बढ्यो बजार

काठमाडौं । शेयर बजारमा लगानीकर्ताहरूले सक्रियता बढाउन थालेकोले पछिल्ला सात कारोबार दिन परिसूचक लगातार बढेर बन्द भएको छ । सात कारोबार दिनमा नेप्से परिसूचक साढे ७ % अर्थात् १४० दशमलव ८२ अंक बढेको हो । बुधवारको शुरूवाती समयमा बढेको बजारमा केहीले प्रोफिट बुक गर्न खोजे पनि खरीदकर्ता नै आकर्षित हुँदा अन्त्यमा नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशत अर्थात् १६ दशमलव ४९ अंक बढेको छ । परिसूचक १ हजार ९५९ दशमलव १२ विन्दुमा पुगेको हो । वित्तीय प्रणालीमा तरलता सहज भएसँगै बैंकहरूले बिस्तारै ब्याजदर घटाउँदै लैजाने बुझाइमा लगानीकर्ता सकारात्मक भएको देखिन्छ । केही बैंकले शेयर कर्जाको लागि विज्ञापन दिन थालेकोले पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताको भनाइ छ ।  यस दिन २७० धितोपत्रको ४८ लाख ६५ हजार ४७५ कित्ता ३४ हजार ८४१ पटकमा रू. १ अर्ब ८७ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर रू. १ हजार ५०३ पुगेको हो । त्यस्तै दोस्रोमा युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेर प्रतिकित्ता रू. ३० हजार ७९० पुगेको छ ।  बुधवार सबैभन्दा बढी सानिमा इक्वीटी फण्डको इकाई मूल्य ३ दशमलव ७७ प्रतिशत घटेको छ । इकाई मूल्य रू. १० दशमलव २० मा झरेको छ । त्यस्तै अजोड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३ दशमलव ६३ प्रतिशत घटेर रू. ४५१ कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. १४ करोड ६४ लाख बराबर कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रू. ७ करोड ७४ लाख बराबर कारोबार भएको छ । कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि सर्वाधिक कारोबार भएको देखिन्छ ।  बुधवार तीन समूहको परिसूचक घटेको छ भने १० समूहको परिसूचक बढेको हो । वित्त समूहको परिसूचक सबैभन्दा बढी शून्य दशमलव ४५ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी ४ दशमलव ६९ प्रतिशत बढेको हो । यस  समूहका कम्पनी युनिलिभर नेपाल र शिवम् सिमेन्ट्सको शेयर मूल्य उच्च दरले वृद्धि भएकाले समूहगत परिसूचक बढेको हो ।  यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९७, फ्लोट इन्डेक्स शून्य दशमलव ६७ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६३ प्रतिशत वृद्धि भएका छन् ।

सियो आयात पनि बढ्यो, ९ महीनामा साढे ३ करोडभन्दा बढिको सियो नेपाल भित्रियो

वैशाख १९, काठमाडौ । नेपालले चालू आर्थिक वर्ष २०७८/ ७९ को तेस्रो त्रैमाससम्ममा विभिन्न देशबाट साढे ३ करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ । भन्सार विभागले सर्वजनिक गरेको विवरण अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्ममा उक्त मूल्य बराबरको २ करोड ९९ लाख ५५ हजार १६२ थान र १९ हजार २११ किलोग्राम सियो नेपाल भित्रिएको हो । नेपालले गत वर्षको सोही अवधिमा विभिन्न देशबाट २ करोड १६ लाख ६६ हजार रुपैयाँ बराबरको सियो आयात गरेको थियो ।  सो मूल्यमा २ करोड ३५ लाख ८९ हजार ५१९ थान र १९ हजार २८८ केजी सियो नेपालले आयात गरेको थियो । गत आवको ९ महीनाको तुलनामा यो वर्षको सो अवधिमा सियो आयात ५४ प्रतिशतले बढेको भन्सार विभागको तथ्याकंले देखाएको छ । तथ्याकं अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारलगायतका मुलुकहरुबाट सियो आयात भएका छन् । ती मुलुकहरु मध्ये सबैभन्दा धेरै सियो भारत र चीनबाट आयात हुने गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालले चीनबाट २ करोड ४४ लाख ४५ हजार रुपैयाँ र भारतबाट ८० लाख ३० हजार रुपैयाँको सियो आयात गरेको छ ।  यसरी आयात हुनेमा कपडा सिलाउने सियोको परिमाण अस्पतालमा प्रयोग हुने सियोको भन्दा कम रहेको छ ।

ग्लोबल आइएमई समुन्नत योजना - १ को शेयरमा लगानी बढ्यो

भदौ १५, काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना - १ को साउन मसान्तसम्ममा सूचीकृत शेयरमा लगानी बढेको छ ।  असार मसान्तसम्ममा योजनाले सूचीकृत शेयरमा रू. १ अर्ब ६८ करोड २१ लाख लगानी गरेकोमा साउन मसान्तमा वृद्धि भएर रू. २ अर्ब ३३ करोड ६८ लाख पुगेको हो ।  त्यसैगरी यस योजनाको एनएभी पनि असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ । यस योजनाको एनएभी असार मसान्तमा रू. २२ दशमलव ६३ रहेकोमा साउन मसान्तमा बढेर रू. २६ दशमलव शून्य १ पुगेको हो । योजनाको नाफा भने असार मसान्तको तुलनामा साउन मसान्तमा ४८ प्रतिशतले कमि आएको छ ।  असार मसान्तसम्ममा रू. १ अर्ब १६ करोड २२ लाख १ हजार नाफा कमाएको उक्त योजनाको नाफा साउन मसान्तमा घटेर रू. ४८ करोड ५७ लाख ७६ हजारमा सीमित भएको हो । उक्त योजनाले साउन मसान्त सम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर र डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. २ अर्ब ६ करोड ४५ लाख ३० हजार रहेकोमा यसको बजार मूल्य रू. २ अर्ब ४३ करोड ४३ लाख ४७ हजार पुगेको छ ।

एनआईबिएल सहभागित फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ को शेयरमा लगानी बढ्यो

भदौ १४, काठमाडौं । एनआईबिएल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ ले साउन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार दुवै योजनाको सूचीकृत शेयरमा लगानी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ ।     एनआईबिएल सहभागिता फण्डको असार मसान्तसम्म सूचीकृत शेयरमा रू. १९ करोड ६७ लाख लगानी रहेकोमा साउन मसान्तमा वृद्धि भएर रू. २१ करोड ६१ लाख ३० हजार पुगेको हो ।  त्यसैगरी, यस योजनाको एनएभी भने असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । असार मसान्तमा योजनाको एनएभी रू. १७ दशमलव ४५ रहेकोमा साउन मसान्तमा घटेर रू. १३ दशमलव शून्य १ मा सीमित भएको हो ।  योजनाले गत आवको मुनाफाबा इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको हो । उक्त नगद लाभांश पछि योजनाको इकाई मूल्य समायोजन भएकाले असार मसान्तको तुलनामा साउन मसान्तमा इकाई मूल्य घटेको हो ।  एनआईबिएल समृद्धि फण्ड-२ ले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७२ करोड ५९ लाख २७ हजार लगानी गरेको छ । यो लगानी असार मसान्तको तुलनामा ४३ प्रतिशतले वृद्धि भएको हो । योजनाले असार मसान्त सम्ममा सूचीकृत शेयरमा रू. ५० करोड ५७ लाख लगानी गरेको थियो ।  यस योजनाको एनएभी पनि असार मसान्तको तुलनामा साउन मसान्तमा बढेको छ । यस योजनाको एनएभी असार मसान्तमा रू. १० रहेकोमा साउन मसान्तमा बढेर रू. १० दशमलव ३९ पुगेको हो । यस योजनाले साउन मसान्तसम्ममा रू. ५ करोड ९३ लाख ८६ हजार नाफा कमाएको छ ।

साउन मसान्तसम्ममा प्रभु सेलेक्ट फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो

भदौ १३, काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले साउन मसान्तसम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको असार मसान्तको तुलनामा साउन मसान्तमा सूचीकृत शेयरमा लगानी बढेको छ । असार मसान्तमा सूचीकृत शेयरमा रू.३८ करोड २३ लाख ३० हजार लगानी रहेको उक्त फण्डको लगानी साउन मसान्तमा बढेर रू. ४५ करोड ६७ लाख ७५ हजार पुगेको हो । उक्त योजनाको एनएभी पनि असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ ।  असार मसान्तमा योजनाको एनएभी रू. ९ दशमलव ९४ रहेकोमा साउन मसान्तमा रू. १० दशमलव ५९ पुगेको हो । असार मसान्तमा रू. ७६ लाख ७४ हजार नोक्सानीमा रहेको उक्त योजनाले साउन मसान्तमा सुधारिएर रू. ७ करोड २४ लाख ५७ हजार नाफा कमाएको हो ।  उक्त योजनाले साउन मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ५२ करोड १० लाख रहेकोमा यसको बजार मूल्य रू. ५६ करोड ७६ लाख ६३ हजार पुगेको हो ।

विद्युत् विक्री आम्दानीमा वृद्धि भएसँगै कालिका पावरको नाफा ३४% बढ्यो

वैशाख ३१, काठमाडौं । कालिका पावर कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ४ करोड ६२ लाख ५३ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड २१ लाख ५ हजार पुगेको हो ।   चालू आवको तेस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म विद्युत् विक्री बापत रू. १३ करोड ९१ लाख २५ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १४ करोड ५६ लाख ३० हजार पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. ६० करोड रहेको छ । जगेडा कोषमा रू. १२ करोड ४८ लाख ८५ हजार सञ्चित गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ८०, मूल्य आम्दानी अनुपात २० दशमलव ६५ र प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव ८१ रहको छ ।