झापा, असोज ४ । गाउँपालिकाभित्र समानुपातिक विकास नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाह्रदशी गाउँपालिकाको कार्यालयमा सोमबार तालाबन्दी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश तहका नेता तथा कार्यकर्ताको समेत उपस्थितिमा बाह्रदशी गाउँपालिकाको कार्यालयमा राप्रपाले तालाबन्दी गरेको हो । गाउँपालिकाको कार्यालयमा अनिश्चित कालका लागि भन्दै बिहान १० वजे नै राप्रपाका कार्यकर्ताले गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरेका […]